मिति २०७९-०५-२४ गते “चुनावमा महिला, सीमान्तीकृत र अल्पसंख्यक समुदायको प्रतिनिधित्वको आवश्यकता ” शीर्षकमा जुम संवादको आयोजना गरियो । बैठकको मुख्य उद्देश्य नियमित नारीवादी संवाद सञ्चालन गरी नेतृत्वको क्षमता अभिवृद्धि र आगामी निर्वाचनमा अल्पसंख्यक , सीमान्तीकृत वर्गको सहभागिताको सन्दर्भ तथा औचित्य पहिचान गर्नू थियो । जुम संवादमा चार जना प्यानेलिस्ट सहित ६२ जना सहभागी थिए ।
प्यानेलिस्ट लक्ष्मी घलान, रिता साह ,गौरा नेपाली र गार्गी नेपाल ज्युले क्रमश यौनिक अल्पसख्यक, मधेसी महिला, दलित महिला र अपाङग महिला को आगामी चुनावमा प्रतिनिधित्वको सन्दर्भ बारेमा आफ्नो बिचार राख्नु भएको थियो
कार्यक्रमको उद्देश्य र सहभागीहरुलाइ स्वागत शरु जोशी ज्युले गर्नु भएको र सहभागीका जिज्ञासा अन्तर्गत आगामी चुनावमा महिला सहभागितालाई बढी फोकस गरी कार्यक्रम चलाउनु पर्ने कुरा डा चन्द्र भद्रा ज्युले ले गर्नु भएको थियो ।

Leave a Reply